काठमाडौं, १२ माघ । अबदेखि हिंसालाई प्रसय दिने प्रकारका अभिव्यक्ति नदिने भन्दै कागज गरेर प्रहरीको साइबर ब्यूरोबाट स्वागत नेपाल (भद्रप्रसाद नेपाल) छुट्नुभएको छ।
झापा घर भएका ५० वर्षीय नेपालले लोक आवाज नेपालको युट्युब च्यानलमा हिंसा फैलाउने प्रकारको अभिव्यक्ति दिनुभएको थियो । झापा क्षेत्र नम्बर २ मा राप्रपाकाबाट उम्मेदवार समेत रहनुभएका उहाँँले पृथ्वी नारायण शाहको विरोध गर्नेलाई ‘काट्न तयार छु’ भन्दै अभिव्यक्ति दिनुभएको थियो ।यही प्रकरणमा साइबर ब्यूरोले उनलाई भोटाहिटीस्थित कार्यालयमा उपस्थित गराएको थियो । सो क्रममा उहाँले अबदेखि यस्ता अभिव्यक्ति नदिने र कानूनको पालना गर्ने भन्दै कागज गरेर छुटेको ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिनुभयो ।









प्रतिक्रिया