काठमाडौं, १२ माघ । सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकदे अर्को व्यवस्था नभएसम्मका लागि पौडेललाई प्राधिकरणको सञ्चालक समिति अध्यक्ष तोक्ने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।बैठकले ४ वटा जलविद्युत् आयोजनालाई वन क्षेत्रको प्रयोग गर्न स्वीकृति प्रदान गरेको पनि अर्यालले बताउनुभयो ।
उहाँकाअनुसार बैठकले सुतिखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिएको हो ।









प्रतिक्रिया