काठमाडौं, १० पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डाको दुरुपयोग गर्नु गैरकानुनी गतिविधि भएको बताउनुभएको छ ।
शनिबार जिल्ला समन्वय समिति धनकुटामा आयोजित धनकुटा लेडी जेसिसको सातौं पद हस्तान्तरण कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।उहाँले राष्ट्रिय झण्डा ओढेर कुनै पनि गतिविधि गर्नु कानुनविपरीत भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय झण्डाको अपमान गर्न नपाइने स्पष्ट पार्नुभयो । विभिन्न पार्टीले चुनाव प्रचारको क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग गरेको भन्दै राष्ट्रिय एकता र प्रतिकको अवमूल्यन भएको बताउनुभयो । यस्तै, उहाँले नेपालीको साझा प्रतिकका रुपमा रहेको राष्ट्रिय झण्डा ओडेर भोट माग्ने, व्यक्तिका घर, सार्वजनिक प्रतिष्ठान, सम्पत्तिमा आगजनी गर्ने काम कुनै पनि व्यक्तिलाई क्षमा दिन नहुने बताउनुभयो ।









प्रतिक्रिया