ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं, ६ माघ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उहाँले झापा–५ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ काठमाडौंको मेयरबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवार बन्नुभएको हो ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार  १४ : २३  बजे