झापा ५ का राप्रपा उम्मेदवारको आरोप: बालेनले आचारसंहिता उल्लङ्घन गरे

झापा, ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा ५ मा उम्मेदवारी दर्ता गराएका लक्ष्मीप्रसाद संग्रौलाले रास्वपा उम्मेदवार बालेन शाहले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको लगाउनुभएको छ । जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लक्ष्मीप्रसादले आचारसंहिताको उल्लङ्घन भएको बताउनुभएको हो ।

उम्मेदवारी दर्ताका लागि मंगलबार निर्वाचन कार्यालयतर्फ जाँदा ठूलो संख्यामा बालेनका समर्थकको उपस्थिति थियो । निर्वाचन आयोगले तडकभडक नगरी उम्मेदवारी दर्ताका लागि जान दलहरूलाई आग्रह गरेको थियो ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार  १३ : २३  बजे