काठमाडौं, ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुन लागेको बताउनुभएको छ। प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दिन बिहानै उहाँले झापाबाट हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै सुन्दर भविष्य निर्माण अघि बढ्नुपर्ने बताउनुभएको हो ।
ओलीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदैछ।’ उहाँले नेपाली र नेपालले जित्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने यात्रामा मिलेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो , ‘हामीलाई पूरा विश्वास छ—हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ।’









प्रतिक्रिया