काठमाडौं, ५ माघ । मेडिकल व्यवसायी एवं नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उहाँ पोखराबाट पक्राउ पर्नुभएको हो । पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा चाउथेबाट उहाँलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
उहाँलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।साइबर ब्युरोको पत्रका आधारमा प्रसाईँलाई पक्राउ गरी काठमाडौं पठाउन लागिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताउनुभयो ।कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्दै उहाँले सार्वजनिक अभिव्यक्ति दिएपछि आइतबार आयोगले कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।









प्रतिक्रिया