काठमाडौं, ५ माघ । जनमत पार्टीका अध्यक्ष सिके राउतले महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेहरूलाई समयमै चिन्न आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्दै मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेश विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिन्न आग्रह गर्नुभएको हो । उहाँले मधेशीलाई काठमाडौंबाट भगाउनेभन्दा मधेशीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण भएको जिकिर गर्नुभएको छ ।
मधेशीलाई काठमाडौंबाट भगाउनेभन्दा मधेशीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण हुन्,ु उहाँले लेख्नुभएको छ, जानी प्रहरीजस्तै महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेश विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिनौं, समयमा सचेत होऔं। जय मधेश, जय स्वराज। उनले यो काठमाडौंमा निर्वतमान नगर प्रमुख बालेन्द्र साह प्रति लक्षित गर्दै लेख्नुएको हो ।









प्रतिक्रिया