जानकी मन्दिरको आरतीमा बालेन र अमरेशबाट पूजाअर्चना

काठमाडौं, ५ माघ ।   काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुग्नुभएको छ । मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुग्नुभएको हो । जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै नभएर उहाँसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित हुनुहुन्थ्यो। दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना गर्नूभयो। ऐतिहासिक र धार्मिक महत्त्व बोकेको जानकी मन्दिरमा बिहानै बालेन र अमरेशलाई एकसाथ देख्दा स्थानीय तथा दर्शनार्थीहरूको भीडमा छुट्टै रौनक देखिएको थियो। बालेनको यो जनकपुर भ्रमणलाई धेरैले चासोका साथ हेरेका छन्।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार  ०८ : १२  बजे