काठमाडौं, ३ माघ । नेपाली कांग्रेस कपिलवस्तुका नेता वीरेन्द्रकुमार कनोडिया एमालेमा प्रवेश गर्नुभएको छ ।
लुम्बिनी प्रदेशसभाका पूर्व सांसद कनोडियालाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ ले एकल सिफारिस गरेको थियो । शनिबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गर्दै उहाँ एमाले प्रवेश गर्नुभयो । उहाँलाई एमालेले उम्मेदवार बनाउने गरी पार्टीमा भिर्त्याएको हो । एमाले नेता तथा प्रदेश सांसद गिरीधारीलाल न्यौपानेले उम्मेदवार बनाउने गरी नेता कानोडियालाई भिर्त्याएको बताउनुभयो। कानोडिया एमाले प्रवेश गरेपछि कांग्रेसबाट अभिषेकप्रताप शाह उम्मेदवार बन्ने चर्चा छ । कनोडियाले कांग्रेसको किचलोमा फस्नु भन्दा एमालेमा प्रवेश उचित लागेको बताउनुभयो ।कनोडिया २०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा पराजित हुनुभएको थियो ।









प्रतिक्रिया