काठमाण्डौ महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा

काठमाडौं, २ माघ ।  काठमाण्डौ महानगरपालिकाको प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । पाण्डेले आज पत्रकार सम्मेलन गरि पर्सि माघ ४ गतेदेखि लागू हुने गरि पदबाट राजीनामा दिएको जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो कार्यअवधिमा महानगरमा शहरी सुशासन कायम गर्न तथा अतिक्रमणमा परेको जग्गा सरकारको स्वामित्वमा लिन महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गर्नुभयो ।पाण्डेले माघ ४ गतेपछि आफ्नो अबको यात्राबारेमा जानकारी गराउने बताउनुभएको छ ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार  १८ : २७  बजे