भोलि बिहान ८ बजे बस्ने गरी स्थगित भयो कांग्रेस बैठक

काठमाडौं, २९ पुस। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ । सुरु नहुँदै खड्का बाहिरिएपछि उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गर्नुभएको थियो। केहीबेरमात्रै बसेको बैठकमा धनराजले भोलि बिहान ८ बजे बस्ने सूचना सुनाउनुभयो । आजको बैठकमा पार्टीको विशेष महाधिवेशन पक्षधरका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित जानुभएको थिएन ।

 

 

 

 

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार  १९ : ४६  बजे