समानुपातिक सूचीमा जनमतबाट मात्रै २० जनाको उमेदवारी फिर्ता, कुन दलबाट कति ?

काठमाडौं, २८ पुस । प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिको बन्दसूचीबाट हालसम्म सबैभन्दा बढी जनमत पार्टीका २० जनाले आफ्नो नाम फिर्ता लिएका छन् ।

त्यस्तै दोस्रो सबैभन्दा धेरै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १२ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । नेकपा (एमाले) बाट पाँचजनाले आफ्नो नाम फिर्ता लिएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार (पुस २८) मा समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिने समय तोकिएको छ ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार  २० : २२  बजे