काठमाडौं,१५ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उहाँको सोमबार मध्यान्ह निधन भएको हो ।उहाँ आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना हुनुभएको थियो । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।अस्पताल स्रोतका अनुसार, उहाँको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो ।शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुग्नुभएको थियो ।
21
Shares









प्रतिक्रिया