मौसम कस्तो हुनेछ आज ?

काठमाडौं, मंसिर १३  । देशका अधिकांश भूभागमा आज मौसम सफा रहनेछ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार  ०८ : १५  बजे