काठमाडौं, १२ मंसिर । प्रधानम न्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँगको सम्झौता पत्र सोमबारभित्र टुंग्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मसौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको हो।जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन अनुरोध गरेका थिए। सरकारका अधिकारीहरूले जेनजीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको बताएका थिए।
त्यसपछि प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुंग्याउन निर्देशन दिएकी हुन्।‘अब यो विषय धेरै लम्ब्याउनुहुँदैन। आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस्। पर्सी आइतबार दिनभर लागे लागोस्, जे–जे हेर्नुपर्छ, हेर्नुहोस्। सोमबार भित्रमा अन्तिम रुप दिइएको हुनुपर्छ। अब धेरै दिन कुर्न सकिँदैन। हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौंला। मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ। यो राजनीतिक दस्तावेज हो। कर्मचारी प्रशासकहरुले चिन्ता लिनुपर्दैन,’ कार्कीले भन्नुभयो ।









प्रतिक्रिया