काठमाडौं,१२ मंसिर । तुलसीपुर कारागारबाट फरार थुनुवा नेपालगन्जमा मृत फेला परेका छन् ।जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थुनुवा देवराज देवकोटा नेपालगन्जको रूकुमेली होटलमा मृत भेटिएको बाँके प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दाङको तुलसीपुर–१८ हेमन्तपुरका उनी लागुऔषध मुद्दामा पूर्पक्षमा थिए । उनी जेन्जी आन्दोलनक्रममा भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थिए ।मुखमा फिँज आएको अवस्थामा मृत भेटिएका उनको शव नेपालगन्जको नर्सिङ होममा राखिएको छ । उनको शव आज बिहान १० बजेपछि भेरी अस्पतालमा पोष्टमार्टम गरिनेछ ।
12
Shares









प्रतिक्रिया