अध्यक्ष ओलीलाई पुनः प्रधानमन्त्री बनाउँछौं – नेता बस्नेत

काठमाडौं, १० मंसिर ।  नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले केपी ओलीलाई अध्यक्ष बनाएर फेरि देशको प्रधानमन्त्री बनाउने बताउनुभएको छ ।ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने छुट अरुलाई भए पनि प्रतिनिधिले विवेक प्रयोग गर्ने उहाँको भनाइ छ । धनगढीमा आयोजित युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अध्यक्ष ओली बिनाको एमाले र एमाले बिनाको नेपाल कल्पना गर्न नसकिने बताउनुभयो । एमालेले बनाएकोे युथ फोर्सले प्रहरीको मनोबल उकास्ने र राष्ट्रियताको पहरेदारी गरिरहेको उहाँले बताउनुभयो । नेता बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आउनुभएको छ । नेकपा (एमाले) को पोलिट्ब्युरो सदस्य रहनुभएका बस्नेतविरुद्ध धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन समेत गरेका थिए ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार  २१ : २४  बजे