संसद् पुनर्स्थापना माग गर्दै एमालेले सर्वोच्चमा दायर गरेको रिटमा मङ्सिर १७ गतेको पेशी

काडमाडौं, १० मंसिर । नेकपा (एमाले)ले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरी सर्वोच्च अदालतमा पेश गरेको रिटको पेशी यही मङ्सिर १७ गतेका लागि तोकिएको छ ।एमालेका नेताहरू महेश बर्तौला र सुनीता बरालले पेश गरेको रिटलाई आज दर्ता गरेर सर्वोच्च अदालतले मङ्सिर १७ गतेको पेशी तोकेको हो । सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको मागदाबी लिएर १६ वटा रिट दर्ता भई प्रारम्भिक सुनुवाइ समेत अघि बढिसकेको छ ।एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै असंवैधानिक रहेको भन्दै उहाँले गरेका सबै काम–कारबाही, निर्णय तथा नियुक्तिहरू समेत बदर गर्न माग गरेको छ ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार  १८ : ४९  बजे