गोरुले हानेर एक जनाको मृत्यु

पाँचथर,  १० मंसिर ।  ६९ वर्षीय पदमवीर राईलाई मंगलबार साँझ आफैंले पालेको गोरुले थलामा बाँध्ने क्रममा हानेको थियो । गोरुले हान्दा ६९ वर्षीय एक पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम नगरपालिका–१४ सानो भालुखोप निवासी पदमवीर राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । राईलाई मंगलबार साँझ करिब ५ बजे आफैंले पालेको गोरुले थलामा बाँध्ने क्रममा हानेको थियो । गोरुले हानेपछि करिब १ सय ५० मिटर तल खसेका राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।राईको शव जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार  ०९ : ४८  बजे