• २१ श्रावण २०८३, बिहिबार
Logo
  • अपडेट
Logo
२१ श्रावण २०८३, बिहिबार
  • अपडेट
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • विचार-ब्लग
  • अन्तर्वार्ता
  • प्रदेश
  • शिक्षा
  • विश्व
  • अन्य
    • प्रवास
    • नेपाल पब्लिक
    • कला-साहित्य
    • प्रवास
    • प्रविधि
    • विचित्र संसार
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रा प्रतिनिधि

पब्लिक प्रेस सर्च गर्नुहोस्

ताजा अपडेट

भारतबाट व्यक्तिगत भिसामा दैनिक सयौं कामदार उड्दा विभाग मौन, म्यानपावरमाथि मात्रै कारबाही?

तालिम फिल्डमै ग्रिनेड पड्किएपछि… : कैलालीमा दुई सैनिक घाइते, छाउनी अस्पतालमा उपचार हुँदै

अमेरिकी डलरको मूल्य कति छ ?

आज बस्दै राष्ट्रियसभा बैठक, गृहमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

लाइभस्ट्रिमकै क्रममा टिकटक स्टारको गोली हानी हत्या

नेपाल टेलिभिजनको उपकरण खरिदमा अनियमितता देखिएको निष्कर्ष, सञ्चारमन्त्रीलाई बुझाइयो छानबिन प्रतिवेदन

कोशी प्रदेश सरकारको नेतृत्वमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता

बाँकेमा इँटाभट्टाको पर्खाल भत्किँदा दुई कामदारको मृत्यु

फिफा अध्यक्ष इन्फान्टिनोले गल्ती स्वीकार्दै माफी मागे, राजीनामा नदिने घोषणा

एमालेले पार्टी सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल बनाउने

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, नदी तटीय र पहिरो जोखिम क्षेत्रमा सतर्क रहन आग्रह

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, अब दुई घण्टामै यात्रा सम्भव

  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • विचार
  • कला-साहित्य
  • अन्तर्वार्ता
  • प्रदेश
  • शिक्षा
  • विश्व
  • प्रवास
  • नेपाल पब्लिक
  • प्रवास
  • प्रविधि
  • विचित्र संसार
  • स्वास्थ्य-जीवनशैली
  • हाम्रा प्रतिनिधि

सदियौंदेखिको परम्परा: सल्यानकोटबाट माइतीघर बेसीसम्म त्रिपुरासुन्दरी माईको अद्भुत भक्तियात्रा सम्पन्न


पब्लिक प्रेस

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

0
Shares
  • A-
  • A
  • A+

धादिङ । नेपालको एकीकरण इतिहास सम्झाउने गरी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न भएको छ। शनिबार साँझदेखि रातभर पुजापाठ गरेर आइतबार बिहान देवीको प्रतीकलाई सल्यानकोटको मूल मन्दिरबाट बेसीको मन्दिर आगिन्चोक, सल्यानबेसीतर्फ झरिएको थियो। मङ्सिर महिनामा लाग्ने यो जात्रा देवीलाई आफ्नो घरबाट माइतिमा न्वागी खान जाने परम्परा अनुसार विशेष साइत हेरेर आयोजना गरिएको हो।

यो जात्रा आफैमा शक्तिपीठ, लोकविश्वास, इतिहास र सांस्कृतिक अध्यात्मको अद्भुत संगम हो। नेपालभरिका अन्य मन्दिरभन्दा फरक यहाँ भक्तजनले देवीको मूर्ति प्रत्यक्ष देख्न पाउँदैनन्। देवीको प्रतिमा बोकेका मुख्य पुजारी (राना मगर थर) बाहेक कसैले पनि छुन नपाउने अनौठो र पवित्र परम्परा सदियौंदेखि कायम छ। देवीलाई मूलघरबाट माइतीघर झार्न झण्डै तीन घण्टाको अप्ठ्यारो ओह्रालोबाटो पार गर्दै पुजारीले पिठ्युँमा बोकेर लैजाने दृश्य नै मेलाको मुख्य आकर्षण हो।

जात्राको अवसरमा सांस्कृतिक उल्लासले सम्पूर्ण वातावरणलाई गुञ्जिएको थियो। देवीलाई बेसी झारिँदा पञ्चेबाजा, खडा–खुकुरी, अविरयात्रा, शंख–घण्टका ध्वनिसहित भक्तजनको जयजयकार र उत्साह चरममा पुगेको थियो। त्रिपुरासुन्दरी माईको मूर्ति नहेरी बाटोमै बसेर पूजा गर्ने चलनले देवीप्रतिको अटुट श्रद्धालाई जनाउँछ।

त्रिपुरासुन्दरीको उत्पत्ति हिन्दू ग्रन्थहरूमा वर्णित शक्तिपीठ कथासँग जोडिएको छ। किंवदन्ती अनुसार, सतीदेवीको कण्ड्याउलो पतन भएको स्थान ‘उद्यान’मा त्रिपुरासुन्दरी उत्पत्ति भएकी मानिन्छिन्। स्थानीय लोककथामा भनिएजस्तै, वर्तमान पुजारी परिवारका पुर्खालाई देवीले सपनामा आफू रहेको स्थान देखाइदिएपछि मात्र यो मन्दिरको स्थापना भएको हो।

यस जात्राको ऐतिहासिक महत्व पनि अपार छ। नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाह नुवाकोट विजयको तयारी गर्दै सल्यानकोट पुगेका थिए। मान्यता छ, यहाँ उनलाई देवीले सपनामा बालिकाको रूपमा आई दुई हातले खड्ग प्रदान गरेकी थिइन्। यही ‘देवीको खड्ग’ उनको नुवाकोट र त्यसपछिको विजययात्राको लागि शुभ संकेत बनेको इतिहास छ।

धर्म र अध्यात्मको दृष्टिले हेर्दा, यस्ता पवित्र स्थलहरूमा पुग्दा मानिसमा सकारात्मक सोच, आत्मविश्वास र सामूहिक उर्जाको संचार हुने विश्वास गरिन्छ। त्रिपुरासुन्दरीको आराधना केवल विधि वा संस्कार मात्र होइन, एक सामूहिक विश्वास र आत्मिक शक्तिको स्रोत हो।

सल्यानकोटबाट सुरु भएको यो भक्तियात्रा बेसी पुग्दा बीसौँ हजारभन्दा बढी भक्तजनको सहभागीतामा विशाल जात्रामा परिणत भएको थियो। सोमबार बेसीमा न्वागी खाएपछि जात्रा सकिएको छ। गाउँपालिका अध्यक्ष राजु उप्रेतीले जात्रा सफलतापूर्वक सम्पन्न भएकोमा स्थानीय बासिन्दा, भक्तजन र प्रशासनलाई धन्यवाद दिंदै भने, “सदियौंदेखि चलिँदै आएको यो पवित्र परम्पराले हाम्रो इतिहास, संस्कृति र सामूहिक अस्मितालाई जोगाउँदै आएको छ। यो जात्रा हामी सबैको लागि गौरवको विषय हो।”

         

 

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार  १० : २०  बजे

प्रतिक्रिया

ताजा अपडेट

भारतबाट व्यक्तिगत भिसामा दैनिक सयौं कामदार उड्दा विभाग मौन, म्यानपावरमाथि मात्रै कारबाही?


तालिम फिल्डमै ग्रिनेड पड्किएपछि… : कैलालीमा दुई सैनिक घाइते, छाउनी अस्पतालमा उपचार हुँदै


अमेरिकी डलरको मूल्य कति छ ?


आज बस्दै राष्ट्रियसभा बैठक, गृहमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने


लाइभस्ट्रिमकै क्रममा टिकटक स्टारको गोली हानी हत्या


नेपाल टेलिभिजनको उपकरण खरिदमा अनियमितता देखिएको निष्कर्ष, सञ्चारमन्त्रीलाई बुझाइयो छानबिन प्रतिवेदन


कोशी प्रदेश सरकारको नेतृत्वमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता


लोकप्रिय

भोटेकोशी हेली रिसोर्ट विवाद: निर्देशक समिर कुमार नेपालमाथि आर्थिक अनियमितता र राजनीतिक पहुँचको दुरुपयोगसम्बन्धी गम्भीर आरोप
१० दिनदेखि ग्यास अभाव, टेकुबाट बिक्री सुरु गरे पनि लाइन उस्तै
सिरहामा प्रदर्शन उग्र बन्दै : १९ वर्षीय युवकको शव उठाउन प्रदर्शनकारीको इन्कार, सडकमै राखेर प्रदर्शन जारी
भोटेकोशी हेली रिसोर्टको समाचारप्रति कडा आपत्ति, हटाउने धम्की
सुनसरी देवानगञ्ज घटना : घाइते जयप्रकाशको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो
गोलबजार गोलीकाण्ड : गणेश यादवका परिवार र सरकारबीच सात बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने

Logo

Y.K.M media Ptv. Ltd.

दर्ता नं.: 327201/080-81

Phone +9779861-494445

Email: [email protected]

Address: Anamnagar-29, Kathmandu

Quick Links
  • हाम्रो बारेमा
  • प्रयोगका शर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • युनिकोड
  • राशिफल
  • मिति परिवर्तन
Our Team
अध्यक्ष तथा प्रधान सम्पादक

यसिमा महत

वरिष्ठ संवाददाता

उषा के.सी.

मार्केटिङ

शितल महत

View All
© 2025-2026 Y.K.M media Ptv. Ltd.
Designed & Developed by:Appharu.com