काठमाडौं, ७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिनुभएको छ। उहाँले मंसिर ५ गते नै पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाउनुभएको हो । राजीनामा पत्रमा आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पार्टीको वडा, पालिका क्षेत्रको सुझाव र समस्या, विधान, मूल्य–मान्यता, पारदर्शी, बेथिति र निर्णयहीनताका विषयमा बारम्बार प्रदेश समिति, प्रदेश ईन्चार्ज तथा केन्द्रीय नेतृत्वलाई समेत जानकारी( सचेत) गराउँदै आएको बताउनुभएको छ । यस उद्देश्यका लागि आफूले ६ पटक लिखित पत्राचार, ३ पटक औपचारिक बैठक तथा धेरै अनौपचारिक संवादमार्फत तथ्य प्रस्तुत गरेको, सुधारका लागि ठोस, समयानुकूल र नीतिगत निर्देशन मागेको पनि बताउनुभएको छ । तर पनि कुनै स्पष्ट, प्रभावकारी वा उत्तरदायी मार्गदर्शन प्राप्त गर्न नसकेको पनि बताउनुभएको छ । ‘यस्तो अवस्थामा फगत आश्वासन, मात्र बाणी, निश्चितताको खडेरी र अनिश्चितताको बाढी बोकेर अब म यस पदमा निरन्तरता दिन उपयुक्त छैन भन्ने निष्कर्षमा पुगेको छु। त्यसैले, भारी मनले, राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला सभापति पदबाट आजको मितिदेखि लागू हुनेगरी मेरो राजीनामा पेश गर्दछु,’ उहाँले भन्नुभएको छ । उहाँ २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं– १० बाट उम्मेदवारसमेत बन्नुभएको थियो ।
9
Shares









प्रतिक्रिया