काठमाडौं, ५ मंसिर । नेकपा एमालेले आज नेशनल भोलियन्टर फोर्स अर्थात राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्दैछ।बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङकेटमा हुने कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । कार्यक्रम शुरु हुनु अघि बबरमहल हुदै माइतीघर भएर बानेश्वरसम्म मार्चपास गर्ने कार्यक्रम रहको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमाले प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको छ र पार्टीका नेता र कार्यकर्ताको सुरक्षासहित आम जनताको सुरक्षा गर्ने भन्दा विभिन्न संयन्त्र बनाउदै आएको छ।









प्रतिक्रिया