काठमाडौं, ३ मंसिर । बारामा नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रम हुन नसक्ने गरी स्थानीय युवाहरूको समूहले अवरोध गरेपछि राजनीतिक वृत्तमा चर्को विरोध भएको छ ।नेताहरूलाई नागरिकसँग जान नदिएर सरकारले कसरी चुनाव गराउन खोजेको हो भन्दै दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले प्रश्न गरेका छन् ।काठमाण्डौमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभा गर्न नदिएर सरकारले कसरी चुनाव गर्छ भन्दै प्रश्न गर्नुभयो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरामा एमालेलाई निषेध गर्न खोजिएको आशयसहित घटनालाई दुःखद भन्नुभएको छ । भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ भन्दै शर्माले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को चलिरहेको केन्द्रीय कमिटी बैठकले सिमरामा भएको घटनालाई संवेदनशील भन्दै सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
9
Shares









प्रतिक्रिया