काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग आगामी चुनावबारे छलफल गर्ने हुनुभएको छ ।आज अपराह्न ४ बजे हुने छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलका नेताहरुलाई निम्ता गरिएको छ ।फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि प्रधानमन्त्रीले सबैसँग संयुक्त छलफल गर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्नुभएको थियो । उहाँले जेनजीका प्रतिनिधिहरूसँग पनि छुट्टै छलफल गर्नुभएको थियो ।
9
Shares









प्रतिक्रिया