काठमाडौं, २७ कात्तिक । भक्तपुरको विभिन्न स्थानहरूमा संगठित समूह बनाई पाकेटमार, लुटपाट, चोरी गर्ने गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालयले भक्तपुर नगरपालिका(१ बाट ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक भुम्लु गाउँपालिका वडा नं। ३ घर भई हाल भक्तपुर सूर्यविनायक न।पा वडा नं ८ बस्ने २६ वर्षीय साधुराम भुजेल, २६ वर्षीय सुदीप भण्डारी, १८ वर्षीय राजिब भण्डारी, २९ वर्षीय सुजन भण्डारी, मोरङ पथरी शनिश्चरे न।पा। वडा नं। ९ घर भई हाल सुर्यविनायक–८ बस्ने ४३ वर्षीय कृष्णबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रबिसे न।पा। वडा नं। ३ की २३ वर्षीया अनु गजमेर, रामेछाप दोरम्बा गाउँपालिका वडा नं। ८ का २२ वर्षीय बिशाल तामाङ र काभ्रेपलान्चोक महाभारत गाउँपालिका– ६ का २७ वर्षीय सुरज तामाङ छन् ।
उनीहरूको साथबाट प्रहरीले सुनको ब्रासलेट १ थान, औठी २ थान, झुम्का, १ जोर, सिक्री १ थान, अमेरिकन डलर २८ सय, ६ हजार ६९० भारु, ४ लाख २८ हजार ८८० नेपाली रुपैयाँ, मोवाइल १४ थान, क्यामेरा १ थान, सर्जिकल ब्लेड १ थान,मोटरसाइकल ४ थान,बा। ४ च ३९१६ नम्बरको कार बरामद गरेको छ ।
चोरी, पाकेटमार र लुटपाट गर्न उनीहरू समूह बनाई एकै ठाउँमा बस्ने गरेको अनुसन्धानबाट खुलेको छ । लुट्नको लागि उनीहरूले मोटरसाइकल तथा कार प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
सार्वजनिक सवारी साधनहरूमा सबैजना सँगै चढ्ने र ‘टार्गेट’ छनौट गर्ने गरेको, पैसा बोकेका, सुनका गरगहनाहरू लगाएका व्यक्तिहरूको निगरानी गरी पहिचान गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको एसपी काजीकुमार आर्चायले बताए । पैदलयात्री, दुई पाङग्रे सवारी साधनहरूमा यात्रा गर्नेको साथबाट सिक्री हरू लुटपाट गर्ने गरेको बताइएको छ ।
गाडीबाट ओर्लिँदा सबै व्यक्ति एकै पटक नओर्लिई पालैपालो विभिन्न स्थानमा ओर्लिने गर्थे । पाकेट मारेको साथै चोरी गरेका धनमाल समूहमै बाँड्ने गरेको खुलेको छ ।
अझ रोचक त के भने पक्राउ परेका व्यक्तिहरू मध्येका कृष्णबहादुर खड्का चोरी, लुटपाट समेतका घटनामा ३८ पटक पक्राउ गरी मुद्दा चलाइएका व्यक्ति हुन् ।








प्रतिक्रिया