निर्वाचनको तयारीबारे आयोगसँग प्रधानमन्त्री कार्कीले लिइन् जानकारी

काठमाडौं, २६ कात्तिक ।  प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिनुभएको छ । बुधबार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनका लागि आयोगले अहिलेसम्म गरेका तयारीबारे जानकारी लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्यस्तै मतदाता नामावली दर्तामा देखिएका समस्या समाधानका लागि भएका प्रयासबारे पनि प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको थियो। छलफलका क्रममा प्रधानमन्त्री कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नका लागि सबैको सहयोग हुने बताएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । प्रवक्ता भट्टराईले आयोगले तीव्र रूपमा निर्वाचनको तयारी गरिरहेको भन्दै सरकारलाई निरन्तर आयोगले जानकारी गराइरहेको बताउनुभयो ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बुधबार  २० : ०६  बजे