मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्ण सिफारिस

काठमाडौं, २४ कातिक ।  सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गरी उनको ठाउँमा सुरेन्द्रलाल कर्णलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । पदमुक्त गरिएकी भण्डारी ०८० फागुनमा नेकपा (एमाले)को तर्फबाट प्रदेश प्रमुख बन्नुभएको थियो ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, सोमबार  १९ : २४  बजे