काठमाडौं, १२ असोज । नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउनुभएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले जबराविरुद्ध कुनै कसुर वा अभियोग भए तथ्य र प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
सरकारले पूर्वाग्रह, प्रतिशोध वा विरोधका आधारमा व्यक्तिलाई तर्साउने र नियन्त्रणमा लिने गरेको आरोप लगाउँदै उहाँले यस्तो कार्य कानुनी राज्य र विधिको शासनविपरीत भएको बताउनुभयो ।
जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै प्रहरीले टेकुस्थित कार्यालयमा लगेको विषयमा पनि महरले प्रश्न उठाउनुभयो । सुरक्षा खतरा दिने व्यक्तिलाई कारबाही गर्नुको सट्टा खतरा रहेको भनिएका व्यक्तिलाई नै नियन्त्रणमा लिनुको औचित्यबारे उहाँले प्रश्न गर्नुभएको हो ।
‘जो थ्रेट दिने मान्छे हुन्, तिनलाई सुरक्षा दिने र जसलाई थ्रेट दिइएको छ, उसलाई ल्याएर पक्राउ गर्ने ?’ उहाँले प्रश्न गर्नुभयो ।
जबरालाई नियन्त्रणमा लिएको घटनालाई महरले ‘राज्य आतंक’ र ‘गुण्डागर्दी शैली’को संज्ञा दिँदै उहाँको व्यक्तिगत अधिकार र मानव अधिकारको सम्मान गर्नुपर्ने बताउनुभयो ।
सुरक्षा थ्रेट दिने भनिएका व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग गर्दै उहाँले जेनजी आन्दोलनको नाममा युवालाई बदनाम गर्न नहुने बताउनुभयो ।
यसअघि प्रहरीले जबरालाई पक्राउ नभई सुरक्षा थ्रेटका कारण निगरानीका लागि टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा ल्याइएको दाबी गरेको थियो । प्रहरीले उहाँमाथि आक्रमण हुनसक्ने सूचना आएको जनाएको थियो । करिब १२ घण्टा प्रहरी कार्यालयमा राखिएपछि जबरालाई परिवारको जिम्मा लगाएर छाडिएको











प्रतिक्रिया