नारायणी पुलमा अड्किएको क्रुज ४ मिटर मात्रै सारियो, आज निकाल्न सकिएन

चितवन, १२ असोज । बाढीले बगाएर नारायणी पुलमुनि अड्किएको ‘राइनो क्रुज’ आज निकाल्न सकिएको छैन ।

क्रुज निकाल्न दुईवटा क्रेन प्रयोग गरिए पनि करिब चार मिटर मात्रै सार्न सकिएको चितवन प्रशासनले जनाएको छ । पर्याप्त रूपमा निकाल्न नसकिएपछि सोमबारको प्रयास स्थगित गरिएको हो ।

प्रशासनका अनुसार क्रुज निकाल्ने काम मंगलबार बिहानैदेखि पुनः सुरु गरिनेछ ।

आइतबार आएको बाढीले क्रुज बगाएर नारायणी पुलको संरचनामा अड्काएको थियो । समयमै उद्धार तथा व्यवस्थापनको प्रयास गरिएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार  २० : २९  बजे