मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो

मनाङ, ११ असोज । चामेनजिकै घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएको हो ।

उहाँका अनुसार मर्स्याङ्दी नदीको बहाव बढिरहेका कारण जोखिम थप बढेको छ । नदी थुनिएपछि तटीय क्षेत्रका बस्तीमा समेत जोखिम बढेको प्रशासनले जनाएको छ ।

अहिले मर्स्याङ्दी नदीमा साइरन बजाइएको छ । प्रशासनले नदी आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  २१ : ०६  बजे