बागलुङ, ११ असोज । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ ।
निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उहाँका तीन छोरा मनोज, मुकेश र निसान विकको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार चारै जनाको शव केहीबेरअघि निकालिएको हो ।
लगातारको वर्षासँगै आएको पहिरोका कारण उनीहरू पुरिएका थिए ।











प्रतिक्रिया