काठमाडौं, १८ साउन । राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईँ अदालतको आदेशपछि एक दिनमै रिहा हुनुभएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार जिल्ला अदालत भक्तपुरले प्रसाईँलाई हिरासतमा नराखी मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
प्रसाईँविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुर, सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले म्याद थपको माग गरेको थियो।
तर, जिल्ला अदालत भक्तपुरले ती सबै मुद्दामा उहाँलाई हिरासतबाहिरै राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया