आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

काठमाडौं,३० असार । आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको बुबा उपेन्द्र मण्डलले पुष्टि गनूृभएको छ । गत शुक्रबार दिउँसो आफैँमाथि पेट्रोल खन्याएर आगो लगाएका उनलाई सोही दिन हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको थियो। प्रहरीका अनुसार उनको शरीरको ९० प्रतिशत भाग जलेको थियो र अवस्था अत्यन्तै चिन्ताजनक थियो। गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका उनको अन्ततः उपचारकै क्रममा निधन भएको हो।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार  ०८ : ५१  बजे