काठमाडौं, २५ असार । काठमाडौंको रातोपुलबाट धोबी खोलामा हाम फालेकी एक महिलाको शव बागमती नदीमा फेला परेको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो मैतीदेवीस्थित रातोपुलबाट धोबी खोलामा हाम फालेकी महिलाको शव बल्खुभन्दा केही तल बागमती नदीमा फेला परेको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरीले खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा महिलाको शव बागमती नदीमा फेला परेको प्रहरीले जनाएको छ।
हालसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। शवलाई आवश्यक कानुनी प्रक्रिया र पहिचानका लागि सम्बन्धित निकायमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया