कृष्णबहादुर महराको सक्रिय राजनीतिबाट अलग हुने घोषणा

काठमाडौं, असार । पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरा ले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्।

शुक्रबार जारी विज्ञप्तिमार्फत महराले स्वास्थ्य अवस्थाका कारण अब सक्रिय राजनीतिक जिम्मेवारीमा रहन कठिन भएको उल्लेख गर्दै सक्रिय राजनीतिबाट टाढा रहने निर्णय सार्वजनिक गरेका हुन्।

उहाँले विज्ञप्तिमा स्वास्थ्यले अपेक्षित साथ दिन नसकेको कारण पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा पहिले जस्तो सक्रिय रूपमा योगदान दिन असमर्थ भएको स्पष्ट पार्नुभएको छ।

महराका अनुसार उहाँ ‘एट्रोफी’ सम्बन्धी नसा तथा मांसपेशीसम्बन्धी समस्याबाट पीडित रहेका छन्। स्वास्थ्यमा सुधार नदेखिएपछि सक्रिय राजनीतिक भूमिकाबाट अलग हुने निष्कर्षमा पुगेको उहाँले बताउनुभएको छ।

विज्ञप्तिमा पार्टीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्यलाभमा ध्यान दिने र प्रत्यक्ष राजनीतिक गतिविधिबाट विश्राम लिने उल्लेख गरिएको छ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार  २० : १०  बजे