राहदानी छपाई घोटाला : महानिर्देशक अर्यालको गिरफ्तारीपछि परराष्ट्र सचिव र ठेकेदार तानिने सम्भावना

पासपोर्ट छपाईमा ठुलो भ्रष्टाचारको अनुसन्धान तीव्र : महानिर्देशकको पक्राउपछि उच्च पदस्थहरू त्रसित

काठमाडौं, २ असार । राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका निम्ति राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।

उनलाई आइतबार राति पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । सोही मुद्दाको अनुसन्धानका निम्ति परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेको अख्तियारस्रोतले जनाएको छ ।

स्रोतका अनुसार ठेकेदार थापासँग सोमबार नै सोधपुछ गरिएको र बोलाएको समयमा उपस्थित हुने गरी घर पठाइएको छ । उनी नेपाली कांग्रेसका सांसद सुनीलबहादुर थापाका छोरा तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति हुन् ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  १४ : ३१  बजे