बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं, ३० जेठ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गएराति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो। ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको उहाँको भनाइ छ।
चालकको शव भने दुर्घटनास्थलभन्दा ७० मिटर तल फेला परेको प्रहरी निरीक्षक मानन्धरले बताउनुभयो। मध्यरातमा दुर्घटना हुँदा उद्धारमा केही समस्या भएको र अहिले शवलाई भिरबाट निकालिएको उहाँले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘दुर्घटना राति १ बजेतिर भएको हो, हामीलाई दुर्घटना भएको केही समयमै खबर आएको थियो, घटनास्थलमा पुगेर खोजतलास गर्दा एउटा शव फेला प¥यो, ट्याक्टरमा अरु पनि थिए की भन्ने हिसाबले खोज्यौँ तर एक जना चालक मात्रै थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको मानन्धरले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार  ०८ : ५५  बजे