काठमाडौं, २५ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्ति अविलम्ब सच्चाइनुपर्ने बताउनुभयो । प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले सदन अवरोध जारी राख्दा पनि प्रधानमन्त्रीले विवादित अभिव्यक्तिबारे कुनै वक्तव्य ननिकालेको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो,‘आज यहाँ उहाँ आउनु पनि भएको छैन, आउने छाँटकाँट पनि छैन । उहाँले सिमानाको बारेमा हाम्रो देशले छिमेकी मुलुकलाई कहाँ–कहाँ अतिक्रमण गरेको रहेछ, उहाँले पुष्टि गर्दिनुपर्छ । नेपाली जनतालाई सम्बोधन गरेर उहाँले त्यो आफ्नो भनाइलाई सच्याउनुपर्छ ।’ उहाँले प्रधानमन्त्रीले सट्टा अरूले जवाफ दिएर नहुने अडान सुनाउनुभयो ।








प्रतिक्रिया