काठमाडौं, ३ जेठ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएका छन्।
संघीय संसद् सचिवालय का प्रवक्ता सहसचिव एकराम गिरी ले शनिबार साँझसम्म ७ उजुरी प्राप्त भएको जानकारी दिनुभयो।
गत वैशाख २६ गते संसदीय सुनुवाइ समिति ले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो। समितिले शर्मालाई उक्त पदमा नियुक्त गर्न उपयुक्त नभएको ठान्ने व्यक्तिलाई स्पष्ट आधार, प्रमाण र विवरणसहित उजुरी दिन सार्वजनिक सूचना जारी गरेको थियो।
समितिका अनुसार उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र सम्पर्क नम्बर स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ। उजुरी दिने समयसीमा सोमबार कार्यालय समयसम्म कायम रहने बताइएको छ।
संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमतामाथि परीक्षण गरेपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढ्ने संवैधानिक व्यवस्था छ।
समितिले प्राप्त उजुरीमाथि छलफल तथा छानबिन गरी त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गर्ने जनाएको छ।








प्रतिक्रिया