काठमाडौं, ३१ वैशाख । राष्ट्रिय सभा बाट सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
बुधबार र बिहीबार भएको छलफलपछि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह का तर्फबाट अर्थमन्त्री डा. वर्णिम वाग्ले ले दिनुभएको थियो । त्यसपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
सरकारको नीति तथा कार्यक्रममाथि कांग्रेस, एमाले तथा नेकपासहित विभिन्न दलका सांसदहरूले एकल तथा संयुक्त संशोधन प्रस्ताव दर्ता गरेका थिए । केही संशोधन प्रस्ताव सम्बन्धित सांसदहरूले फिर्ता लिए भने अधिकांश संशोधन प्रस्ताव सभाबाट अस्वीकृत भएका थिए ।
जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूले दिएका सुझावलाई सरकारले गम्भीर रूपमा ग्रहण गरेको बताउनुभयो । उहाँले आगामी बजेटमार्फत ती सुझावलाई समेट्ने प्रतिबद्धता व्यक्त गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र अग्रगमनको बाटोमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया