कानून, दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं, २६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा एवम् सहारा हुनुपर्ने बताउनुभएको छ । कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्त्वमाथि जोड दिनुभएको हो ।

राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्यशक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यवहारिक रूपमै अगाडि बढाएको उल्लेख गर्नुभयो ।

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार र सक्षम न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य–मान्यतालाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले कानून दिवसको मर्मलाई आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने बताउनुभयो । लगाउनुभयो ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार  १८ : ३४  बजे