काठमाडौं, २५ वैशाख । नेकपा (एमाले) कोशीको प्रमुख सचेतकमा रमेशकुमार बस्नेत नियुक्त हुनुभएको छ । एमाले संसदीय दलका नेता तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस्नेतलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो । बस्नेत सुनसरी १(१) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । यस अघि नेकपा एमालेको प्रमुख सचेतक रहेका विदुर कुमार लिंगथेप आर्थीक मामिला तथा योजाना मन्त्रीमा नियुक्त हुनुभएको थियो । लिंथेप आर्थीक मामिला मन्त्री नियुक्त भएपछि लामो समयदेखि एमालेले प्रमुख सचेतक नियुत्त गर्न सकेको थिएन । प्रमुख सचेतक नियुक्त नहूँदा सचेतक ललिताकुमारी चौधरीमार्फत् सभा सञ्चालनका बेला काम हुँदै आएको थियो ।२०७९ को निर्वाचनपछि नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रेवतीरमण भण्डारीलाई नियुक्त गरिएको थियो । उहाँ आन्तरीक मामिला तथा कानुन मन्त्री नियुक्त भएपछि लिंथेपलाई सो जिम्जेवारी दिइएको थियो ।
21
Shares








प्रतिक्रिया