माइतीघरमा सुकुम्वासीको प्रर्दशन

काठमाडौं, २५ वैशाख । काठमाडौंको माइतीघर मण्डलामा सुकुम्वासीले प्रदर्शन गरेका छन् । उनीहरूले आज नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।काठमाण्डौ उपत्यकामा रहेका सुकुम्वासीले काठमाण्डौ महानगरपालिका र सरकारले डोजर चलाएर आफूहरूलाई विस्थापित गराएको बताएका छन् । प्रदर्शनमा सहभागीहरूले मानव अधिकारको रक्षा, सबैलाई बराबर गरिनुपर्नेलगायत माग राखेका छन् ।सरकारले थापाथली, गैरीगाउँ, मनोहरालगायत क्षेत्रमा बनेका अनधिकृत संरचना तथा घरटहरा हटाएको थियो । साथै त्यहाँ बसोवास गर्दै आएका विस्थापितलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखेको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार  १८ : ३९  बजे