महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं, २४ वैशाख। नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

उहाँहरुविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिनुभएको थियो । जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले विहीवार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । महेश बस्नेत पत्नीसहित सबैजना प्रहरीको हिरासतबाटै अदालतमा उपस्थित गराइएका थिए ।
२५ हजार धरौटी माग गरिएकाहरु निम्न बमोजिम छन् ।

गिता पण्डित

प्रगति थापा

सोनु बराल

जानुका बस्नेत

रेखा न्यौपाने

सबिना केसी

कमला बस्नेत

निता खत्री

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार  १८ : २९  बजे