काठमाडौं, १९ चैत्र । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । थापाले बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुभएको थियो । उहाँले जेनजी आन्दोलन र रास्वपामाथि कटाक्ष गर्नुभएको थियो ।
पौडेले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको हो । ‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा। रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्,’ उहाँले फेसबुकमार्फत भन्नुभएको छ । पौडेलले थापाको उक्त अभिव्यक्तिप्रति भोलिको केन्द्रीय समितिको बैठकमा छलफल र निर्णय हुने अपेक्षा पनि व्यक्त गर्नुभएको छ । उहाँले थप भन्नुभएको छ छन्, ‘यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’ उहाँले जेनजी आन्दोलन, नेपाली सेना र सुशीला कार्की नेतृत्वको सरकारमाथि प्रश्न उठाउनुभएको थियो । ‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्यपक्षीय दल हो,’ उहाँले भन्नुभएको थियो, ‘नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन। त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ ।’







प्रतिक्रिया