काठमाडौ,१९, चैत्र । पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले असंवैधानिक ढङ्गले बन्दी बनाएको भन्दै नेकपा (एमाले) ले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको आजकाे बैठकको प्रारम्भमा बोल्दै एमाले सांसद गुरु बरालले अध्यक्ष ओली र पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउ असंवैधानिक भएको भन्दै आपत्ति जनाउनुभएकाे हाे । उहाँले सरकार स्वयंले संविधान विरोधी गतिविधि गरिरहेको आरोप लगाउनुभयो ।
सांसद बरालले संविधानमा सबै नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने तथा समानताको हक रहेको भन्दै नेताद्वय ओली र लेखकलाई तत्काल रिहाइ गर्न माग गर्नुभयो । उहाँले सरकारलाई संविधानअनुसार चल्न ध्यानाकर्षण गराउनुभयो ।







प्रतिक्रिया