दार्चुला, १७ चैत । दार्चुला मा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते हुनुभएको छ।
मंगलबार बिहान शैल्यशिखर नगरपालिका–४, ओसिल अन्तर्गत देखालामा ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुला का प्रमुख गौरब महत का अनुसार दुर्घटनामा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुला मा कार्यरत सब–इन्जिनियर मनिषा पाल र सोही कार्यालयका कर्मचारी भरत तितरो को घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार उक्त टोली योजना अनुगमनका लागि ओसिल गएको थियो। जीप मंगलबार बिहान करिब ९ बजे दुर्घटनामा परेको जनाइएको छ।
दुर्घटनामा शैल्यशिखर नगरपालिका–४ का अकबर महर, सोही स्थानका गाडीधनी विक्रम महर, चालक प्रकाश ठगुन्ना तथा मालिकार्जुन गाउँपालिका–५ डाँडाकोटका मिनबहादुर पाल घाइते हुनुभएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुला तथा इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको जनाएको छ। घाइतेहरूको उपचारको व्यवस्था गरिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया