काठमाडौं, १६ चैत । सर्वोच्च अदालत ले पूर्वगृहमन्त्री रमेश लेखक लाई रिहा गर्न माग गर्दै उहाँकी पत्नी यशोदाले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश कुमार रेग्मी को एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा उक्त आदेश जारी गरिएको हो। अदालतले तत्काल रिहाइको अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ।
अदालतको आदेशसँगै अब सरकारले लेखकलाई कम्तीमा २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ। जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यससँग सम्बन्धित घटनाबारे थप बयान तथा अनुसन्धान अघि बढाउन बाटो खुलेको कानुनी वृत्तमा बताइएको छ।
यस प्रकरणले पछिल्लो राजनीतिक घटनाक्रमलाई थप संवेदनशील बनाएको छ। उच्च राजनीतिक नेतृत्वमाथि अनुसन्धान र हिरासतको प्रक्रिया जारी रहँदा यसले राष्ट्रिय राजनीतिक वृत्तमा थप बहस र चासो उत्पन्न गरेको छ।







प्रतिक्रिया