ओली पक्राउविरुद्ध युवा संघको मसाल जुलुस, थप आक्रामक आन्दोलनको चेतावनी

काठमाडौं, १५ चैत ।  नेकपा एमाले निकट युवा संघले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंमा मसाल जुलुस निकालेको छ । बिजुलीबजार क्षेत्रमा नेता–कार्यकर्ताहरूले जुलुस निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

यसअघि माइतीघर–बबरमहल क्षेत्रमा पनि एमाले सम्बद्ध संगठनहरूले प्रदर्शन गरेका थिए । युवा संघका नेताहरूले भोलिदेखि आन्दोलन अझै आक्रामक बनाइने बताएका छन् ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा ओली र रमेश लेखक पक्राउ परेपछि एमालेले देशभर विरोध कार्यक्रम सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार  ०८ : ०१  बजे